अर्थ

१ हजारको नोटमा अब चितवन निकुञ्जका राम लक्ष्मण हात्तिको फोटो, २६ अर्बको नयाँ नोट बजारमा

Banner

काठमाडौं, साउन ६-

नेपपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ ।

नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने १००० दरको नोटमा अब दुईवटा हात्तिको चित्र रहने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै १००० दरको नोटमा एउटा हात्तिको चित्र रहने गरेकोमा अब दुईवटा हुने जनाएको छ ।

नोटको मध्यभागमा चितवन जिल्लाको सरकारी हात्तिसारमा रहेको नेपाली हात्तिममा दुर्लभ मानिने देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तिको फोटो हुने जनाएको छ ।

आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहेक पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ति हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् ।

साउन महिनाको ७ गतेदेखि संचालनमा आएको नोटको बायातर्फ सगरमाथाको चित्र रहने छ ।

तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालकै पालामा यो नोट छपाईको कार्य भएकाले नयाँ नोटमा पनि नेपालको हस्ताक्षर छ । राष्ट्र बैंकका अनुसार हात्तीको चित्र भने वन तथा वातावरण मन्त्रालय माताहतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपलब्ध गराएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>