समाचार

बिपी सानो देशका अग्लो व्यक्तित्व : देउवा

Banner

काठमाडौँ, साउन ६-

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपी कोइराला सानो देशका अग्लो व्यक्तित्व तथा दूरदर्शी राजनेता भएको बताउनुभएको छ । जननेता बिपीको ३८औँ पुण्यतिथिका अवसरमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले आज जुम प्रविधिमार्फत आयोजना गरेको कार्यक्रममा उहाँले बिपीको प्रजातान्त्रिक समाजवाद विचार आज झनै सान्दर्भिक भएको बताउँदै भन्नुभयो, “नेपालले आज हिंँड्ने मूल बाटो बिपीकै विचार र विश्वासको बाटो हो । उहाँको बाटो इमान्दार ढङ्गले पछ्याएर मात्रै हामी सबैले समृद्धिको लक्ष्य हासिल गर्न सक्छौँ ।”

आज राष्ट्रियताका विषयमा मुलुकमा विशेष छलफल भइरहेका बेला बिपीको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनुपर्ने सभापति देउवाको भनाइ थियो ।

कार्यक्रममा समाजवादी चिन्तक तथा पार्टी केन्द्रीय सदस्य प्रदीप गिरीले कार्यक्रमका प्रस्तोता डा सुरेश आचार्य एवं स्वदेश र विदेशबाट जोडिनुभएका सहभागीका बिपी विचार केन्द्रित विभिन्न जिज्ञासाको उत्तर दिनुभएको थियो । बिपी मनोवैज्ञानिक कथा र उपन्यास लेखनमा बेजोड हुनुहुन्थ्यो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>