मकवानपुर

हेटौँडामा मठमन्दिरको तथ्याङ्क अद्यावधिक गरिँदै

Banner

बागमती,असार ३० –

हेटौँडा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्रका मठमन्दिर तथा धार्मिक सङ्घ संस्थाको तथ्याङ्क अद्यावधिक गर्न सुरु गरेको छ ।

उपमहानगर भित्रका मठमन्दिर दर्ता भए–नभएको एवं विद्यमान अवस्थालगायतका विषयमा जानकारी लिने उद्देश्यले तथ्याङ्क अद्यावधिक गर्न लागिएको सञ्चार तथा सूचना प्रविधि अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो ।

“यहाँका विभिन्न मठमन्दिरमा वर्षेनी राज्यको लगानी भैरहेको छ”, उहाँले भन्नुभयो, “राज्यको लगानी हुने धार्मिक संस्थाको दर्ताको अवस्थालगायतका विषयमा जानकारी लिन हामीले यकिन तथ्याङ्क सङ्कलन गर्न लागेका छौँ ।” तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित वडामा पनि छलफल अघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

कूल १९ वटा वडा रहेको हेटौँडा उपमहानगर क्षेत्रमा विशिष्ट धार्मिक महत्वका चुरियामाई, भुटनदेवी, मनकामना, पाथीभरा, भुवनेश्वर पशुपति, गोरक्षक्षेत्र, लक्ष्मीनारायण मन्दिरजस्ता सम्पदास्थल छन् ।

मठमन्दिरसहितका ती सम्पदाको तथ्याङ्क अद्यावधि गरी व्यवस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उपमहानगरपालिकाले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>