समाचार
गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढ्यो : कांग्रेस

काठमाडौँ, साउन ६–
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्र भन्दा राजतन्त्र नै ठीक भन्ने जमात बढेको बताएका छन् । कोइरालाले आम नागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्ने मानसिकता देखिएको समेत बताए ।
बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले ३८ औं बीपी स्मृति दिवसका अवसरमा अयोजित भर्चुअल कार्यक्रममा बोल्दै डा कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले उनी नेपालको राष्ट्रपति नभई नेकपाको मात्र राष्ट्रपति भएको सन्देश गएको बताए ।
उनले कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि बताए । महाविधेशनको मिति तय भइसकेपछि महाधिवेशनलाई प्रभावित पार्नका लागि मात्र सभापति देउवाले विभाग बनाउन लागेको आरोप लगाए ।
कोइरालाले आफूले सभापति देउवालाई सधैँ सहयोग गरेको भन्दै तर सभापति पार्टीमा एकलौटी गर्न नछोडेकाले आफू पनि सभापतिका विरुद्धमा लाग्न बाध्य भएको स्पष्ट पारे ।

























