अर्थ

सुनको मूल्य तोलामा चार सय बढ्यो, चाँदीको मूल्यमा हालसम्मकै उच्च रेकर्ड

Banner

काठमाडौं, साउन ६-

सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको छ।

चाँदीको मूल्य बढेर हालसम्मकै उच्चको रेकर्डमा पुगेको छ। एक दिनमै प्रतितोला ४० रुपैयाँले बढेर एक हजार ४० रुपैयाँ पुगेको हो। सोमबार तोलाको १ हजार रुपैयाँ थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकिएको छ। हिजो यसको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यस्तै, तेजाबी सुन ९२ हजार २६० रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला १०४० रुपैयाँ तोकिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>