समाचार

कोशीको बहाव यो वर्षकै उच्च : ५६ मध्ये ४६ ढोका खुल्ला

Banner

सुनसरी, साउन ६–

दुई दिनदेखिको अविरल वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको कोशी कन्ट्रोल रुमले जनाएको छ ।

मंगलबार बिहानको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको कन्ट्रोल रुमले जनाएको हो । उक्त बहाव यो वर्षकै उच्च हो ।

पानीको बहाव बढेपछि ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएका छन् । कोशी नदी तटका बासिन्दालाई नदी आसपास नजान गए रातिदेखि नै सूचित गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>