इच्छकामना

नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुलेन, भोलि दिउँसो १२ बजेभित्र पहिरो हटाइने

Banner

चितवन, साउन ५–

नारायणगढ–मुग्लिन सडक खण्डको चार किलो भन्ने स्थानमा आज (सोमबार) विहान ५ बजे खसेको पहिरो अझै हटाउन सकिएको छैन ।

विहानैदेखि पहिरो हटाउने प्रयास गरिए पनि रातीसम्म हटाउन सकिएको छैन । पहिरो हटाउने काम भोलि (मंगलबार) विहानैबाट सुरु गरी मध्यान्ह १२ बजेपछि सडक संचालनमा ल्याउने तयारी गरिएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड आयोजनाले मध्यान्हसम्ममा संचालनमा ल्याउने गरी तयारी गरिने जनाएको छ ।

विहानै खसेको पहिरो हटाउन नसक्दा काठमाडौंलगायत स्थान प्रस्थान गरेका सवारी साधनहरु बाटोमै रोकिएका थिए । कतिपय सवारी साधनहरुलाई आँपटारी, रामनगरलगायत स्थानमा रोकिएको थियो । यस्तै अपरान्ह चितवन र धादिङको सीमाना मौवा खोलोको एप्रोच सडकमा क्षति भएका कारण काठमाडौं जाने सवारी साधन अझै समस्यामा पर्ने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>