इच्छकामना

हाईवे हस्पिटल मुग्लिनको भावी कार्ययोजना बारे छलफल

Banner

विनोद श्रेष्ठ,

मुग्लिङ,साउन ४-

राजमार्गमा हुने सडक दुर्घटनामा परेका घाइेतहरुको तत्काल उपचार गर्न सकियो भन्ने उदेश्यले संचालनमा आएको हाईवे हस्पिटल मुग्लिङको भाबी कार्ययोजना बारे सरोकारवालाहरु संग छलफल गरिएको छ । इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ्गको प्रमुख आतिथ्य तथा हस्पिटलका अध्यक्ष राम बहादुर लामाको अध्यक्षतामा स्थानीय सरकार, सरोकारवाला संघ–संस्था र राजनीतिक दलका प्रतिनिधिहरुका बीच छलफल गरिएको हो ।

सो छलफलमा अध्यक्ष गुरुङले हस्पिटल जस्तो अत्याबश्यक क्षेत्रमा सबैको साथ र सहयोग रहनुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले हस्पिटललाई संस्थागत अनुदान दिएर सहयोग पुर्याइरहेको जानकारी दिनुभयो । हस्पिटलको स्तरबृद्धिका निम्ती गाउँपालिकाले आवश्यक सहयोग दिने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष एबं नेपाली कांग्रेस ईच्छाकामना गाउँपालिकाका सभापति कृति कुमार श्रेष्ठले मुग्लिङ हाईवे हस्पिटलले कोरोनाको महामारीको बेलामा समेत २४ सै घण्टा आफ्नो सेवा तथा सुविधा प्रवाह गरेर दुखको घडीमा जनताको सेवा गरेकोमा हस्पिटल प्रशासनलाई बिशेष धन्यबाद दिनुभयो ।

छलफल कार्यक्रममा नेकपा ईच्छाकामनाका ईन्चार्ज प्रताप गुरुङ, नेकपा चितवन जिल्ला कमिटी सदस्य जुना राजभण्डारी, वडा नं ५ का वडा अध्यक्ष मोदराज सिलवाल, सर्बशान्ति कलेज संचालक समितिका अध्यक्ष माधब बहादुर घिमिरे, त्रिवेणी वराह माबिका प्रअ यूबराज लामा, प्रगति पाठशाला कुरिनटारका प्रअ टंक त्रिपाठी लगायतले बोलेका थिए । संचालक समितिका सदस्य कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममको संचालन संचालक समितिका सदस्य मणिरत्न शाक्यले गरेका थिए ।

१५ बेड क्षमताको यस हस्पिटलमा २४ घण्टा फार्मेशी, एम्बुलेन्स सेवा सहित ल्याब, भिडियो एक्सरे, डेन्टल सेवा सहित मेडिकल अफिसर चिकित्सक समेतको ब्यबस्था गरिएको छ । हस्पिटलले त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थान र टिचिङ हस्पिटल महाराजगंजसँगको साझेदारीमा टेलिमेडिसिन सेवा समेत प्रदान गरेको हस्पिटलका अध्यक्ष राम बहादुर लामाले जानाकारी दिनुभयो ।

नेपालको सबैभन्दा धेरै सडक दुर्घटना क्षेत्रमा मुग्लिङ हाईवे हस्पिटलको स्थापना र सेवा संचालनले यस राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु देखि छिमेकी जिल्ला तनहूँ, धादिङ, गोर्खाका नागरिकलाई सुविधा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>