देश/प्रदेश

नेपाल एयरलाइन्सले हटायो १४५ कर्मचारी

Banner

काठमाडौं, साउन ४

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले लामो लकडाउनका कारण आर्थिक संकटमा परेको भन्दै १५४ जना कर्मचारी हटाएको छ ।
उडान प्रभावित भएकाले आय पनि करिब ९० प्रतिशतले घटेकोले कर्मचारी हटाउनु परेको जनाएको छ । निगमले आइतबारसञ्चारकर्मीसँगको छलफलमा आन्तरिक उडान समेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई बचाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गरिएको जनाएको छ ।

सोहीअनुसार निगमले असार मसान्तमा करार अवधि समाप्त भएका २२५ कर्मचारीमध्ये तत्काल आवश्यक रहेका ८० जनाको नवीकरण गरी बाँकी १४५ जनालाई हटाएको छ । यसबाट मात्र निगमले वार्षिक रुपमा करिब ५ करोड रुपैयाँ जोगिने जनाएको छ ।

निगमले कोरोनाभाइरस नियन्त्रण भइ अवस्था सामान्य बन्दै गएमा र कर्मचारीको आवश्यकता परेमा उनीहरुलाई नै प्रथमिकता दिने पनि स्पष्ट पारेको छ । निगमले लकडाउनको दौरानमा ९७ वटा उडान गरेकोमा त्यसमध्ये १० वटा मेडिकल चार्टर, २१ वटा यात्रु चार्टर र ६६ वटा उद्धार उडान रहेको जनाएको छ । यसअवधिमा ७७० जना विदेशी यात्रुको उद्धार गरिनुका साथै १२ हजार २६३ नेपाली नागरिकको उद्धार गरिएको निगमले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>