कालिका

चितवनको कालिकामा गाई काटेको आरोपमा एक पक्राउ

Banner

चितवन,साउन ३-

चितवनको गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं. ३ दुईसय विगहाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।

स्थानीय सन्तबहादुर तामाङको घरमा गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न पाँच जनामध्ये अन्य चार जना फरार रहेको थापाले बताउनुभयो । सो ठाँउबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई पशुपंछी कसुर सम्बन्धी मुद्धा चलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>