देश/प्रदेश

ढुंगा प्रहारबाट दुई प्रहरी घाइते

Banner

धनगढी, साउन ३-

सुदुरपश्चिम प्रदेशस्थित बाजुरामा स्थानीय बासिन्दाले ढुंगामुढा प्रहार गर्दा दुई जना प्रहरी घाइते भएका छन्।

बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा स्थानीयहरुबीच विवाद भएपछि पुगेको प्रहरी टोलीमथि शनिबार स्थानीयले ढुंगामुढा प्रहार हुँदा असई दिलिप सिंह महरा र प्रहरी जवान भीम बहादुर रौले घाइते भएका हुन्।

वेतालमण्डौंमा होटल व्यवसाय गर्ने पारस रावलसँग वडा अध्यक्ष भुवन केसीका छोरासहित युवाको एक समुहले कुटपिट गरेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। घटनामा संलग्नहरुको खोेजी गरिरहेको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा प्रहार गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले जानकारी दिए। घाइतेहरुको बयलपाटा अस्पताल अछाममा उपचार भइरहेको उनले बताए। प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>