चितवन विशेष
लियो क्लव अफ भरतपुरको पद हस्तान्तरण
०

चितवन, साउन ३–
लियो क्लव अफ भरतपुरको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ ।
वर्ष २०२०/२१ को नेतृत्वलाई वर्ष २०१९/२० को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०१९/२० का अध्यक्ष रविन्द्र शर्माले वर्ष २०२०/२१ का अध्यक्ष सुदिप सिग्देललाई कार्यभार हस्तान्तरण गरे ।
पद हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष दीपक कुमार राना रहेका थिए भने विशिष्ट अतिथिमा लायन्स क्लव अफ भरतपुरका निवर्तमान अध्यक्ष अनुजराज पन्त रहेका थिए ।
लियो क्लव अफ भरतपुरको वर्ष २०२०/२१ को अध्यक्षमा सुदिप सिग्देल रहेका छन् भने प्रथम उपाध्यक्षमा भिष्म आले, द्धितीय उपाध्यक्षमा ज्योति पौडेल, तृतीय उपाध्यक्षमा शिला न्यौपाने, कोषाध्यक्षमा रोशनी सुवेदी, सहसचिवमा सन्देश थपलिया र सहन खड्का रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























