गण्डकी

पूर्वराष्ट्रियसभा सदस्य गुरुङको निधन

Banner

कास्की, साउन २–

पूर्वराष्ट्रियसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता मेजर दीपक गुरुङको ८४ वर्षको उमेरमा आज निधन भएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–२ ताङतिङ स्थायी बसोबास भएका गुरुङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा एवं मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (स्याम) ले जानकारी दिनुभयो ।

मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या भएपछि उहाँ उपचारत हुनुहुन्थ्यो । भूतपूर्व सैनिक सङ्घका संस्थापक अध्यक्षसमेत रहनुभएका उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।

स्वर्गीय गुरुङको पार्थिक शरीरलाई आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>