अर्थ

सुनको मूल्यमा आज नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

Banner

काठमाडौं, असार ३१-

बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ । तेजावी सुन आज तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्‍य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्‍य प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>