चितवन विशेष

राप्ती र राक्सिराङका ५६ मह उत्पादक किसानले पाए प्रोत्साहन अनुदान

Banner

चितवन, असार २९–

चितवन र मकवानपुरको राक्सिराङका मह उत्पादक ५६ जना किसानहरुले अनुदान रकम प्राप्त गरेका छन् । उनीहरुले १३ लाख ८४ हजार रुपैयाँ प्राप्त गरे ।

मौरी जोन लागू भएर सूचीकृत भई प्रतिघार प्रतिवर्ष ४२.३ किलो मह उत्पादन गरेका किसानहरुलाई प्रतिफलका आधारमा सो रकम प्रदान गरिएको प्रधानमन्त्री कृषि आधूनीकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी रहेका बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले उत्पादनका आधार प्राप्त रकम बरावरको चेक हस्तान्तरण गरेका थिए ।

तीन जना किसानले सबैभन्दा धेरै ८० हजार रुपैयाँ प्राप्त गरे । अनुदानसंगै मह राख्ने फुडग्रेडको वाल्टिन र दुई वटा ढुवानीको साधन पनि किसानलाई हस्तान्तरण गरिएको थियो । ८० हजार दरले अनुदान प्राप्त गर्नेहरुमा राप्ती–११ का पूर्णबहादुर तामाङ, लोकबहादुर थिङ र धर्मराज श्रेष्ठ रहेको परियोजनाका कृषि अधिकृत माधव पौडेलले बताए । सोही अवसरमा मौरी संरक्षण तथा मौरीपालनमा सहयोग गरेबापत राक्सिराङ–६ का वडाध्यक्ष सिंहलाल प्रजालाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा थालकटार मौरीपालन तथा मह उत्पादक केन्द्र र नेपाल बी कन्सर्नलाई एक/एक वटा ढुवानी साधन हस्तान्तरण गरिएको थियो । सो साधनका लागि परियोजनाले ५० प्रतिशत अनुदान दिएको थियो ।

कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले युवालाई उर्जाशिल बनाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिए । कार्यक्रम मौरी जोन संचालक समितिका अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>