कर्णाली
कर्णालीमा ४७ जनामा कोरोना संक्रमण पुष्टि
०

सिमकोट, असार २९-
कर्णाली प्रदेशमा आईतबार मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणबाट सोमबार थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमित मध्य सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।
योसँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ६ सय ६३ पुगेको छ । त्यस्तै, कर्णालीमा ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्किएका छन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार ४ सय ५५ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























