वागमती
काठमाडौंमा मयुर यातायातले चलायो चारवटा बस, मंगलबार ४४ वटै निकाल्दै

काठमाडौं,असार २९-
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा आबद्ध नभएका कम्पनीले सार्वजनिक सेवामा आफ्ना गाडी निकाल्न थालेका छन्। मयुर यातायातले राजधानीमा सोमबारदेखि बस सञ्चालनमा ल्याएको हो। सरकारले शुक्रबारदेखि जिल्लाभित्र सार्वजनिक सवारीसाधन संचालन गर्न दिने निर्णय गरे पनि आफ्ना माग पूरा नभएसम्म गाडी नै ननिकाल्ने अडानमा व्यवसायीहरु छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभर कुनै पनि सार्वजनिक सवारीसाधन संचालन नगर्न सर्कुलर नै जारी गरेको छ। शुक्रबार नै संचालनमा आउनुपर्ने सवारीसाधन आफ्ना माग पूरा नभएसम्म कुनै हालतमा ननिकाल्ने पक्षमा व्यवसायीहरु छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले माग राखेर अवरोध गर्न उपयुक्त समय नभएको भन्दै सवारीधनिहरूलाई सार्वजनिक यातायात सञ्चालन गर्न आह्वान गरेका थिए। त्यसलाई व्यवसायीले मानेका छैनन्।
महासंघका आबद्ध नभएका केही कम्पनीहरुले भने बस चलाउन सुरू गरेका छन्। मयुर यातायातले सोमबार विहानबाट ६ वटा बसमार्फत सेवा सुरु गरेको हो। कम्पनी अध्यक्ष मोहन श्रेष्ठले लामो समयदेखि बसहरू ग्यारेजमा थन्किएर रहेकाले तत्कालै सबै निकालेर चलाउन गाह्रो भए पनि ६ वटा बसबाट सेवा सुरु गरेको बताए। बसहरु मर्मत सकिएकालाई संचालनमा ल्याउने उनको भनाइ छ।
























