देश/प्रदेश

वाग्मती प्रदेशसभा सचिवालयमा दुई विधेयक दर्ता

Banner

हेटौँडा, असार २९-

वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता गरिएका विधेयकमध्ये वातावरण संरक्षणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ को प्रथम संशोधन र प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ को अध्यादेशलाई संशोधन गर्न बनेको विधेयक २०७७ रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताउनुभयो ।

आगामी साउन २ गते बस्ने प्रदेशसभाको बैठकमा विधेयकलाई पूर्ण छलफलका लागि प्रस्ताव प्रस्तुत हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>