खैरहनी

खैरहनीका किसानले पाए ४ लाख प्रोत्साहन रकम

Banner

चितवन, असार २८–

चितवन खैरहनीका मह उत्पादक किसानहरुलाई आईतबार प्रतिफलमा आधारित प्रोत्साहन रकम प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधूनीकिकरण परियोजनाद्धारा संचालित मौरी जोन संचालक समितिले यहाँका १६ जना किसानहरुलाई ४ लाख १३ हजार ६ सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खैरहनी ४ का वडाध्यक्ष देववहादुर बस्नेत, परियोजनाका प्रमुख तिमल्सीनाले माला लगाई चेक हस्तान्तरण गरेका थिए । सो क्रममा एउटै किसानले ६० हजार सम्म रकम प्राप्त गरेका छन् । खैरहनी–४ का सुरेश बस्नेतले १५० घार मौरीबाट उत्पादन गरेका महका आधारमा उनलाई ६० हजार रुपैयाँ प्रदान गरिएको हो । पहिलोपटक मह उत्पादनकै कारण प्रोत्साहन रकम पाएकोमा किसान बस्नेतले खुसी व्यक्त गरे । मौरी जोन लागू भएर सूचीकृत भई ४२.३ किलो मह प्रतिघार प्रतिवर्ष उत्पादन गरेका किसानहरुलाई मात्रै सम्मान सहित प्रोत्साहन रकम प्रदान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघना तिमल्सीनाले बताए ।

सोही अवसरमा ती किसानहरुलाई मह राख्ने फुटग्रेटको बाल्टिन समेत प्रदान गरिएको थियो । मौरी जोन संचालक समितिका अध्यक्ष धर्मराज लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव शर्मा पौडेल, परियोजनाका कृषि अधिकृतहरु इन्द्र ढुंगाना, अनिल तिवारी लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>