देश/प्रदेश
भट्टराईको नेतृत्वमा मोबाइल व्यवसायी महासंघ गठन

काठमाडौं, असार २८–
भरत भट्टराईको नेतृत्वमा मोबाइल व्यवसायसँग सम्बन्धित संघ संस्थाहरुको नेतृत्व संस्थाको रुपमा ‘नेपाल मोबाइल व्यवसायी महासंघ’को तदर्थ समिति गठन भएको छ ।
देशका विभिन्न क्षेत्रमा कृयाशील मोबाइल व्यवसायी संघ संस्थाहरुको भेलाले तदर्थ समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाई, उपाध्यक्षमा अर्जुन चालिसे, महासचिवमा रमेश घिमिरे, सचिवमा डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सह–कोषाध्यक्षमा श्याम नगरकोटी र वरिष्ठ सदस्य दीपक बोगटी रहेका छन् । १७ सदस्यीय तदर्थ समितिमा ९ जना सदस्य मनोनित गरिने बताइएको छ ।
देशका विभिन्न क्षेत्रमा रहेर मोबाइल व्यवसाय गर्दै आएका व्यवसायीहरुको संस्थाहरुलाई एकतावद्ध गर्ने उश्यले महासंघ गठन गरिएको तदर्थ समितिका अध्यक्ष भट्टराईले जानकारी बताए । नवगठित तदर्थ समितिलाई पूर्णता दिएर कोरोना समस्या सामान्य हुने वित्तिकै महाधिवेशन गर्ने योजना रहेको भट्टराईले जानकारी बताए ।
देशभर ५ हजार भन्दा बढी मोबाइल व्यवसायी रहेका छन् भने ती व्यवसायीहरुको एक सय भन्दा बढी संघ संस्थाहरु रहेका छन् ।
























