Breaking News

भरतपुर अस्पतालमा जोखिम मोल्दै कोरोना संक्रमितको पहिलो डाइलाइसिस

Banner

चितवन, असार २५-

भरतपुर अस्पतालले कोरोनाका संक्रमित एक युवाको आज मृगौलाको डाइलाइसिस गरेको छ ।

हेटौंडा उपमहानगरपालिका –४ घर भएका ३३ वर्षीय ती युवाको अस्पतालले जोखिम मोलेर नै डाइलाइसिस गरेको हो । भरतपुर अस्पतालका अध्यक्ष तथा वरिष्ठ फिजिसिएन डा भोजराज अधिकारीले यसरी डाइलाइसिस गर्दा स्वास्थ्यकर्मीलाई कोरोना सर्ने डर हुने भएकोले जोखिम मोलेर नै डाइलाइसिस गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मृगौंलाले काम गर्न छाडेका उनको डाइलासिस नगरे ज्यान जाने सम्भावना रहेकोले डाइलाइसिस गरिएको छ । नेपालमा गरिएको आफूलाई थाहा नभए पनि चितवनको पहिलो घटना हो ।’

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले सम्भव त नेपालकै दोस्रो र चितवनको पहिलो घटना भएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले वार्डलाई निर्मुलीकरण गर्दै सुरक्षाका सबै उपाय अपनाएर अन्य बिरामीलाई अन्यत्र सारेर डाइलाइसिस गरिएको बताए । अन्य बिरामी आउने जाने भइरहे पनि यसरी कोरोना संक्रमित डाइलाइसिस गर्नुपर्ने अन्य बिरामी भने नदेखिएको जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा अधिकारीले तीन घण्टा कोरोना संक्रमितलाई बेडमा राखेर मेसिनबाट डाइलाइसिस गर्ने कार्य निकै जटिल काम भएको बताए । भरतपुर अस्पतालमा ३७ जना कोरोना सङ्क्रमितले उपचार गराइ रहेका छन् । यसै अस्पतालमा ३८ जना उपचारपछि निको भएर फर्किएका छन् । दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

फोटो : भरतपुर अस्पताल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>