नवलपरासी

नवलपरासीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

Banner

परासी, असार २४–

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सदरमुकाम परासीमा आज भएको ट्रयाक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भई हाल पाल्ही टे«र्डस परासीमा कार्यरत २५ वर्षीय अङ्गद कुर्मी छन् ।

रामग्राम–४ स्थित परासी–महेशपुर सडकखण्डको क्याम्पस चोकमा परासीबाट महेशपुरतर्फ फलामको रड लिएर जाँदै गरेको लु २ त २४६८ नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।

ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>