अर्थ

बैंक ब्याज मिनाहा गर्न उद्योगीको माग

Banner

काठमाडौँ, असार २४–

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ ।

महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण यतिबेला समग्र उद्योगी, व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको जनाउँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी सङ्घर्षको घोषणासमेत गरेको छ ।

महासङ्घले पहिलो चरणको आन्दोलनअन्तर्गत यही शुक्रबार माइतीघर मण्डलमा ताला चाबीसहित प्रदर्शन गर्ने भएको छ । सोही अवसरमा महासङ्घका अध्यक्ष नरेश कटुवालले आफूहरुले पटक पटक उठाएका मागका विषयमा सरकार गम्भीर नभएपछि आन्दोलनमा जान बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीका समस्याबारे हामीले पटक पटक जानकारी गराउँदासमेत राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय गर्न सकेको छैन, त्यसैले अब आन्दोलन गर्नुको विकल्प छैन ।”

ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्ष पछि सार्नुपर्ने र कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्नेसमेत महासङ्घको माग छ । काठमाडौँ महानगरपालिका, भक्तपुर नगरपालिकालगायत सम्बन्धित निकायमा आफ्नो मागबारे ज्ञापनपत्र बुझाउँदासमेत कुनै सुनुवाई नभएको अध्यक्ष कटुवालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>