देश/प्रदेश
देशभर कोरोनाका १८० संक्रमित थपिए
०

काठमाडौं, असार २२-
देशभर आज सोमबार थप १८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १८० जना संक्रमित थपिएका हुन्।
जसमा काठमाडौं जिल्लामा २४, भक्तपुरमा १० र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यीसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा थप २६४ जना कोरोनामुक्त भएका छन्। यीसहित हालसम्म कुल ६ हजार ८११ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। विगत २४ घण्टामा विभिन्न २५ प्रयोगशालाबाट ४ हजार ७२१ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म २ लाख ५५ हजार बढीको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















