Breaking News

चितवनमा ६१ हजार बढी बालबालिकालाई भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

Banner

चितवन, असार २२-

चितवनमा पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।

कोरोनाको त्रासले गर्दा आज र भोलि मंगलबार गरेर चितवनका महिला स्वास्थ्य स्वयंसेविकाले सात वटा स्थानीय तहमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छन् । चितवनका जिल्ला जनस्वास्थ्य प्रमुख दिपकप्रसाद तिवारीले स्वास्थ्य केन्द्रहरुमा भीडभाड गर्न नहुने भएकोले दुई दिन मात्र खुवाइने भनिए पनि धेरै दिनसम्म लगाएर स्वास्थ्य स्वयेंविकाले आफू अनुकुल भिटामिन‘ए ’ र जुकाको औषधि खुवाउन सक्छन् । उनले चितवनमा अनुमानित ६१ हजार ८३५ जना बालबालिका ६ महिनादेखि पाँचवर्षसम्म रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।

राष्ट्रियरुपमा चलेको यस अभियानमा देशभरका ७५३ वटै स्थानीय तहमा नजिकको खोप केन्द्र र वडा कार्यालयहरुमा स्वास्थ्य स्वयंसेविकाहरुले भिटामिन ए र जुकाको औषधि खुवाइरहेका छन्। देशभर करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ। गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका कारण गत चैत २१ गते स्थगित गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>