कर्णाली
दैलेखमा जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण
०

दैलेख, असार २२–
दैलेखमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन थालेको छ ।
जिल्लाको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरु गरी नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको छ । जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरुको अवस्था सामान्य छ ।
संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























