अर्थ

भोलिबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

Banner

चितवन, असार २१-

नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याउने भएको छ । केन्द्रीय बैंकले आज आइतबार एक सूचना जारी गर्दै असार २२ गतेदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार साविककै आकार, प्रकार तथा रंगमा संकेत नं ज–८९ ०००००१ देखि ट–३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याउन लागिएको हो । नोटमा पूर्वगभर्नर चिरन्जीवी नेपालकै हस्ताक्षर हुनेछ । नोटका अघिल्लो तल्लो भागमा सिरिज नम्बर नेपालीमा वि.सं.२०७५ लेखिएको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>