देश/प्रदेश

काठमाडौं पस्न धमाधाम नक्कली पास

Banner

काठमाडौं, असार २१

लकडाउन खुकुलो भएपछि विभिन्न जिल्लाबाट काठमाडौं फर्किन फर्जी कागजात बनाउँदै आउने क्रम बढेको छ। प्रहरीले थानकोटमा बाँकेबाट आएको एउटा बसलाई नियन्त्रणमा लिँदा फर्जी सवारी पासको पोल खुलेको हो।

बाँकेबाट आएको बसमा २४ यात्रु थिए। सबै यात्रुलाई कीर्तिपुरमा रहेको राधाश्वामी होल्डिङ जोनमा पठाइएको छ। ना ६ ख ८४४५ नम्बरको बसले बाँकेबाट यात्रुहरु ल्याएको हो। कोहलपुर नगरपालिका १२ का आशिष थापालाई शुक्रबार प्रहरीले पक्राउ गर्‍यो। उनी गाडी चालक हुन्।

महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाव नागढुंगाबाट खटिएको टोलीले नाका जाँच गर्दा ३७ जना यात्रुका लागि जारी गरेको पास देखेपछि शंका गरेको थियो। पासमा उल्लेख भएभन्दा ३ जना कम यात्रु आउनुलाई शंकाको आधार मानेर परीक्षण गर्दा पास नक्कली भएको खुलेको हो।

जिल्ला प्रशासन कार्यालय बाँकेसँग पासबारे प्रहरीले जानकारी लिएको थियो। त्यसपछि कीर्ते पासमा उनीहरु काठमाडौं आएको खुलेको हो। बस चालक थापालाई मुलुकी अपराध संहिता २०७४ को लिखित सम्बन्धी कसुर अन्तर्गत कारवाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो समय चर्को मूल्य लिँदै यात्रुहरुलाई काठमाडौं ओसार्ने क्रम जारी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>