विशेष

यसवर्षको कक्षा ११ को बोर्ड परीक्षा नहुने

Banner

काठमाडौं, असार २१–

माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरिएसंगै यसवर्षको कक्षा ११ को बोर्ड परीक्षा पनि स्थगित भएको छ ।

परीक्षा नहुने भएपछि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन निर्णय गरेको छ ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कन के कसरी गर्ने भन्ने विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । यसअघि कक्षा ११ को परीक्षा बोर्डले सञ्चालन गर्ने गथ्र्यो ।

कोरोना संक्रमणका कारण बोर्डले लिने परीक्षा यसपटकलाई रद्ध गर्ने निर्णय गरिएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>