देश/प्रदेश
गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या दुई पुग्यो
०

गुल्मी, असार १९–
गुल्मीमा पहिरोबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । इश्मा गाउँपालिका–१ मल्दी भन्ने स्थानमा पहिरोले दुई वटा घर बगाउँदा मृत्यु हुनेको संख्या दुई पुगेको हो । घटनामा पाँच जना घाइते भएका छन् ।
अविरल वर्षासँगै बिहीबार राति गएको पहिरोले २७ वर्षीया ईश्वरी खत्रीको घर बगाउँदा बेपत्ता भएकी उनकी ७ वर्षीया अपेक्षा खत्री मृत अवस्थामा फेला परेसँगै मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
पहिरोमा परी ईश्वरी खत्रीसहित उनकै परिवारका ६४ वर्षीय टिका खत्री र आयुष खत्री पनि घाइते भएको गुल्मीका डीएसपी केदारराज पन्तले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























