देश/प्रदेश
कैलालीमा आयो बाढी, ३७ घर डुवान
०

कैलाली, असार १९–
लगातार वर्षासँगै कैलालीमा बाढी आएको छ । नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेको छ ।
जिल्लाको जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ । जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।
बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको समेत डीएसपी विष्टले जानकारी दिए । नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























