राजनीति

राप्रपा चितवनको अध्यक्षमा रुद्र ढकाल

Banner

चितवन, असार १७

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच जिल्ला स्तरमा समायोजन भएसँगै राप्रपा चितवनको अध्यक्षमा रुद्र ढकाल चयन भएका छन् ।

चितवनमा भएको जिल्ला स्तरको भेलाले दुई पाटी बीच समायोजन गदैै उपाध्यक्षहरुमा चेतनाथ वाग्ले, जिवलाल पुरी र पिताम्बर अर्याल चयन भए । सचिवमा केशव भण्डारी, कोषाध्यक्षमा प्रेम गैरेलाई चयन गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले जानकारी दिएको छ ।
यसैगरी राप्रपा चितवनले क्षेत्रीय र नगर अध्यक्षहरुको पनि चयन गरेको छ । क्षेत्र नम्बर एकको अध्यक्षमा बलराम खनाल, दुईको अध्यक्षमा तिलक गुरुङ र तीन नम्बर क्षेत्रको अध्यक्षमा मदन पौडेल रहेका छन् । भरतपुर महानगरपालिकाको अध्यक्षमा दिपक थापा मगर, रत्ननगर नगरपालिकाको अध्यक्षमा गोविन्द भट्टराई, माडी नगरपालिकाको अध्यक्षमा वीरेन्द्र भण्डारी, राप्तीमा गोपिचन्द्र पाठक, कालिका नगरपालिकाको अध्यक्षमा हेमबहादुर नेपाललाई चयन गरिएको छ ।
भरतपुरमा भएको भेलाले समायोजन हुन बाँकी तहमा दुवैपक्षका अध्यक्षहरुको सहमतिमा यथासम्भव छिटो समिति गठन गरेर जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । जिल्ला सदस्यहरुको हकमा केन्द्रको परिपत्रको आधारमा दुवै पक्षबाट समायोजन गर्ने तथा आपसी समझदारीको आधारमा जिल्ला कार्यसमितिको गठन गर्ने निर्णय राप्रपाले गरेको छ ।
यसैबीच साविक राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान जिल्ला अध्यक्ष दिलिप पाण्डेलाई केन्द्रीय सदस्यमा सिफारिस गरिने भएको छ । भेलामा वागमती प्रदेश सांसद रीना गुरुङ, निवर्तमान केन्द्रीय सदस्यद्धय मीना न्यौपाने र विष्णु खरालको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>