नवलपरासी

बर्दघाटमा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

Banner

विकास अधिकारी

नवलपरासी, असार १४

पश्चिम नवलपरासीको बर्दघाट क्वारेन्टाइनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

बर्दघाट–२ का ४५ वर्षीय पुरुषको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टाइनमा रहेका ती व्यक्ति दुई दिन अगाडि मात्रै भारतको मुम्बईबाट आएका थिए । शनिबार राति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएकोमा आज बिहान पाँच बजेतिर अस्पतालमै मृत्यु भएको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि उनका दाजुले उनलाई रातिनै अस्पताल पु¥याएका थिए । ती व्यक्तिमा ब्लड प्रेसरको समस्या रहेको बताइएको छ । मृतकको शव निकालेर कोरोना संक्रमण भएको हो होइन भनी परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको पनि मेयर शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>