देश/प्रदेश

धनुषा र महोत्तरीमा ३३ कोरोना संक्रमित थपिए

Banner

वीरगञ्ज, असार १३–

प्रदेश २ मा थप ३३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । महोत्तरीमा ३० जना र धनुषामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको थियो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला जनकपुरमा १४१ जनाको स्वाब परीक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका विरेन्द्र बजार दुखानीदेवी मावि क्वारेन्टिनमा तीन जनामा, महोत्तरीको सम्सी क्वारेन्टिनमा बस्दै आएका १० जना, औरही स्थित राम विलास मावि क्वारेन्टिनमा बस्दै आएका १ र १ वर्षका बालबालिकासहित १० जना र महोत्तरीकै लोहरपट्टीको भायरुखी उच्च मावि क्वारेन्टिनमा बस्दै आएका १० जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>