गण्डकी
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुग्यो
०

पोखरा, असार १२–
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
आज (शुक्रबार) विहानसम्ममा कुल संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।
गण्डकी प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा २५ जना नयाँ संक्रमित थपिएसँगै यो संख्या पुगेको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक संक्रमित हुनेमा पूर्वी नवलपरासीका २१, तनहुँका दुई, स्याङ्जा र बागलुङका १÷१ जना रहेका छन् ।
संक्रमितमध्ये १ सय १ जना निको भएका छन । त्यस्तै स्याङ्जाका दुई जना संक्रमितको मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























