देश/प्रदेश

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Banner

महोत्तरी, असार ११–

महोत्तरीको गौशालामा ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै चालकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका– ११ स्थित धननारायण टोलमा ना२त ६३५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई आज (बिहीबार) दिउँसो दुर्घटना हुँदा सोही ट्याक्टरका चालक २० वर्षीय मनोज मण्डलको मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि जलेश्वर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>