कर्पोरेट

लकडाउनमा नबिल बैंकको ‘जेन एन एकाउन्ट’ योजना

०
Banner

चितवन, असार ११

कोभिड १९ महामारीको समयमा ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै नबिल बैंकले घरैमा बसेर खाता खोल्ने ‘जेन एन एकाउन्ट’ सुविधा उपलब्ध गराएको छ ।

बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्ने गरी सो एकाउन्ट योजना सञ्चालनमा ल्याएको हो । उक्त योजनामा घरैमा बसेर खाता खोल्न सकिन्छ । यसमा आकर्षक ब्याज उपलब्ध बैकले जनाएको छ । मोबाइल बैंकिङ, भाइबर बैंकिङ, अनलाइन कारोबार र डेबिट,क्रेडिट कार्डका साथै एनटीसी,एनसेलको टुजी डाटा प्याक निःशुल्क जारी गरिएको छ ।

बचतकर्ताको सुरक्षा सहित १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधासमेत प्रदान गर्ने बैंकले जनाएको छ । घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा छ । तिनको उपचारार्थ अत्यधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै योजना ल्याएको हो ।

रोग लागेको अवस्थामा उपचारको क्रममा नै केही आर्थिक सहयोग समयमै पु¥याउने उद्देश्यका साथ नविल जेनेरेशन अकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रविधिमैत्री व्यक्तिहरुलाई लक्षित गरि १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलेर लाभ लिन सक्नेछन् । योजनाले डिजिटल बैंकिङमा नयाँ यूगको सुरुवात गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>