चितवन विशेष

दुई छोरी मात्रै भएकालाई माडी नगरपालिकाले प्लस टु सम्म निःशुल्क पढाउने

Banner

चितवन, असार १०–

माडी नगरपालिकाले छात्राहरुलाई प्लस टुसम्म निःशुल्क पढाउने भएको छ । दुई छोरी मात्र भएकालाई सम्मान गर्दै प्लस टु सम्म निःशुल्क पढाउने भएको हो ।

आज (बुधबार) नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख ठाकुर ढकालले दुई छोरीहरु मात्रै भएकालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको बताए । तर त्यो सुविधाका लागि माडीमै रहेका कलेजहरुमा अध्ययन गर्नुपर्ने हुन्छ । दुई छोरी मात्रै जन्माई बन्ध्याकरण गर्ने दम्पतिलाई विशेष सम्मान गरिने नगर प्रमुख ढकालले बताए ।

उनले भने–‘दुई छोरी मात्रै जन्माई बन्ध्याकरण गर्ने दम्पतीलाई विशेष सम्मान गर्ने र छोरीहरुलाई माडी नगर भित्र प्लस टु सम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था मिलाइने छ ।’

माडी नगरपालिकाले शिक्षालाई प्राथमिकता दिँदै आइरहेको छ । यस्तै नगर प्रमुख ढकालले माडी नगरबासीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि नगर शिक्षा योजना बनाई लागू गरिने समेत जानकारी दिए ।

नगरपालिकाले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग, महिला, पिछडिएका बालबालिका प्रोत्साहन गर्न यस्ता समुदायबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कार एवंम प्रशंसाबाट सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>