देश/प्रदेश

डिसहोमको गुणस्तर खस्किदै, डिसहोम जोडेका टिभीमा समस्या

Banner

काठमाडौँ, असार ९–

नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् ।

डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न सकिने बताउँदै आएको डिसहोम बादल लाग्नेबित्तिकै अवरुद्ध हुन्छ । पानी पर्न थालेपछि त झ्यार् झ्यार् भएर हेर्न सकिँदैन । कतिखेर त घाम लागेका बेलामा पनि सेवा अवरुद्ध हुने गरेको ग्राहक श्यामबहादुर तामाङले बताए । टिभी हेर्दाहेर्दै बीचमा अड्किने गर्दा ‘बेक्कारमा डिसहोम जोडेछु’ जस्तो लाग्न थालेको उनले सुनाए । कोरोनाको सङ्क्रमण फैलिएका बेला त्यसबारे जान्न समाचार हेर्न बस्दा पटकपटक टिभी बन्द हुने गरेको तामाङको अनुभव छ ।

डिसहोम जोडेका टिभी घण्टैपिच्छे झ्याप् झ्याप् हुने गरेको धेरै प्रयोगकर्ताको भनाइ छ । यो अनुभव तामाङको मात्र होइन डिसहोम जोड्ने धेरै ग्राहकको हो । आफैँ टिभी बन्द हुने र खुल्ने विशेषता पनि डिसहोमको छ । मासिक रु २५० मा टिभी हेर्न सकिने भनी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गर्ने डिसहोमले मासिक शुल्क भने ग्राहकबाट रु ३५० नै असुल्ने गरेको छ । ग्राहकले वार्षिक एकैपटक तिरे मात्र रु ३५० मा सेवा पाउँछन् । विज्ञापनको भाषाले भने वार्षिक एकैपटक तिरे मात्र रु २५० पर्छ भन्दैन ।

सो प्रविधिको माध्यमबाट धेरै टिभी च्यानल स्याटेलाइटबाट सीधै उपभोक्ताका घरमा पुग्ने जिकिर गरिए पनि सेवा गुणस्तरीय छैन । घरको छतमा सानो डिस र टिभीमा सेटअप बक्स जडान गरी आउने भनिएको सो टिभी सिग्नलका कारण समाचार, चलचित्रलगायत हेर्दाहेर्दै अड्किएपछि नमज्जा हुने गरेको दक्षिणकाली नगरपालिका फर्पिङका ग्राहक रामसुन्दर पौडेलले गुनासो गरे ।

सुगमदेखि दुर्गमसम्म लिन सकिने यो सेवाको गुणस्तर भौगोलिक विकटताका स्थानमा अझ कमजोर रहेको जडान गर्ने ग्राहकको गुनासो छ । नुवाकोटको दुप्चेश्वरमा डिसहोम जोडेकी माया तामाङ विज्ञापन गरे जति राम्रो सेवा पाउन नसकिएको दुःखेसो गर्छिन् । दुर्गममा पनि राम्रोसँग टिभी हेर्न सकिन्छ भनी डिसहोम जोडिए पनि त्यो पूरा नभएको उनको भनाइ छ ।

डिसहोम जडान गर्ने ग्राहकले शुरुमा एक महिनाको मात्र शुल्क तिर्दा नै कम्तीमा रु चार हजार डिलरलाई बुझाउँछन् । त्यति पैसा बुझाएवापत ग्राहकले प्यान बिलसमेत नपाइएको जनाएका छन् । डिसहोमले ग्राहकलाई दिएको वेबसाइट धधध।मष्कजजयmभ।अयm।लउ समेत सहजै खुल्दैन । डिसहोमको गुनासो शाखाकी उर्मिशा भुजेलले पुरानो सेटअप भएका ग्राहकमा मात्र समस्या आएको जिकिर गरिन् । डिसहोम जोडेको महिना दिन नबित्दै समस्या आएको ग्राहक बताउँछन् । थप जानकारीका लागि कार्यालयका अरु अधिकारीलाई सम्पर्क गराउने उनले जिकिर गरे पनि सम्पर्क हुनसकेन । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>