सुदूरपश्चिम
अछाम र बाजुराका थप दुई जना प्रहरीमा कोरोना संक्रमण
०

धनगढी, असार ९-
सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ । यसअघि सुदूरपश्चिममा कार्यरत दुई जना महिला प्रहरीसहित तीन जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । ती मध्ये दुई जना संक्रमित महिला प्रहरी भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















