प्रदेश १

पहिलोपटक ओखलढुङ्गामा कोरोना

Banner

ओखलढुङ्गा, असार ८-

ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।

सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन्। भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो। उनी एक हप्ताअघि जिल्ला आएका हुन्। आज पीसीआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>