कृषि

देवचुलीमा चार हजार फलफूलका बिरुवा वितरण

Banner

ज्ञानु पंगेनी

नवलपुर, असार ६

देवचुली नगरपालिकामा करिब चार हजार फलफूलका बिरुवा वितरण गरिएको छ ।

गत वर्षबाट सुरु गरिएको एक घर एक बिरुवा अभियानलाई यस वर्ष पनि निरन्तता दिँदै यस वर्ष एक घर एक फलफूलको बिरुवा वितरण कार्यक्रम सञ्चालन गरिएको हो । देवचुली नगरपालिकाका सबै वडामा गरि करिब चार हजार फलफूलका बिरुवा वितरण गरिएको देवचुली नगरपालिकका कृषि शाखा प्रमुख नरेन्द्र भण्डारीले जानकारी दिए।

आर्थिक बर्ष २०७६ \०७७ मा देवचुली नगरपालिकाको कृषि शाखा अन्तर्गत बिनियोजन गरिएको बजेट मार्फत् ५० प्रतिशत अनुदानमा नगरबासीलाई फलफूलका बिरुवा वितरण वितरण गरिएको हो । बाँझो जग्गामा फलफूलका विरुवा रोप्न चाहेका नगरबासी र व्यवसायिक फलफूल खेती गर्ने किसानलाई उनीहरुको जग्गाको अनुपात हेरेर ५० प्रतिशत अनुदानमा नै बढी बिरुवा उपलब्ध गराइएको कृषि शाखा प्रमुख भण्डारीले जानकारी दिए ।

कृषि शाखा प्रमुख भण्डारीका अनुसार वितरण गरिएका बिरुवामा ग्राफटेड कलमी कागती, दशहरि माल्दह र अम्रपाली , अविहायात आँप , बबई लिचि , कटहर , एभोकाडो बिजु , अम्बा , अनार र कागती बिजुका बिरुवा वितरण गरिएको हो । देवचुली नगरपालिकालाई हरियाली बनाउने र फलफूल खेतीतर्फ कृषकलाई आकर्षित गर्न नगरपालिकाले यस अभियानको थालनी गरेको भण्डारीले बताए। चार हजार २०० बिरुवा ल्याइएकोमा अब करिब २०० बिरुवा वितरण गर्न बाँकी रहेको र यदि फेरी माग भएमा पनि थप बिरुवा ल्याएर वितरण गरिने समेत भण्डारीले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>