देश/प्रदेश

लकडाउनमा अख्तियारमा दुई हजार उजुरी

Banner

काठमाडौं, असार ५-

सरकारले कोभिड–१९ (नोवेल कोरोना भाइरस) महामारी नियन्त्रणका लागि लगाएको ८३ दिने लकडाउनमा अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द थिए । तर यो अवधीमा पनि भ्रष्टाचारमा भने कमी नआएको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबाट देखिन्छ ।

चैत, वैशाख र जेठ करिब दुई हजार उजुरी परेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । लकडाउन अवधिमा अधिकांश उजुरी अनलाइनबाट आएको उनी बताउँछन् ।

अख्तियारले लिखित, टेलिफोन, इमेल, वेवसाइट, फेसबुक, भाइबर, ट्विटरलगायतबाट उजुरी लिन्छ । लकडाउनका बेला ओम्नी समूहमार्फत चीनबाट दशौं गुणा बढी मूल्यमा स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै दुई वटा उजुरी परेका छन् ।

त्यसैगरी सरकारले लकडाउनका बेला बन्द रहेका सरकारी कार्यालयहरू पनि असारदेखि खोल्ने निर्णय गर्‍यो । कार्यालय खुलेलगत्तै अख्तियारले ८ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा ६ जनालाई पक्राउ गर्‍यो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल, नासुत्रय उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता कोइराला बताउँछन् । पक्राउ परेका कर्मचारीहरूले गैरकानूनी तरिकाले जग्गाको कित्ताकाट गरेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>