देश/प्रदेश

कोरियाबाट भोलि २३६ नेपाली स्वदेश फर्किदै

Banner

काठमाडौँ, असार ५

दक्षिण कोरियाबाट भोलि शनिबार २३६ नेपाली स्वदेश फर्कने भएका छन्।

कोरियन एयरमार्फत् उनीहरु स्वदेश फर्कने भएका हुन्। यसअघि कोरियन एयरले जुन २० मा नेपाल रित्तै आउने र कामदार लिएर फर्कने तयारी गरेको थियो। यस विषयमा कोरियामा ४५ सय कामदारको भिसा सकिँदै तर रित्तो कोरियन एयर नेपाल उडान गर्दै’ शीर्षकको समाचार अनलाइनमा प्रकाशित गरेपछि सरकारले कोरियन एयरमा नेपाली कामदार फर्काउन अनुमति दिएको हो।

कोरियामा भिसा अवधि सकिएर अलपत्र अवस्था रहेका नेपालीमध्ये प्राथमिकताका आधारमा सूची तय गरी २३६ नेपाली फर्काउन लागिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>