देश/प्रदेश

साउदी र यूएईबाट ३०० नेपाली आज स्वदेश फर्किँदै

Banner

काठमाडौं, असार ५-

साउदी अरब तथा यूएईबाट झण्डै ३०० नेपाली आज नेपाल आउँदै छन् ।

साउदी अरबबाट हिमालय एयरलाइन्स तथा यूएईबाट नेपाल एयरलाइन्समार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

साउदी अरबको दमामबाट १५३ नेपाली स्वदेश फर्किएका छन् । त्यसमध्ये ८ जना महिलासहित १५३ जना स्वदेश फर्किएको गैरआवासीय नेपाली संघका मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए । साउदी अरबबाट यो पहिलो उद्धार उडान हो । स्थानीय समयअनुसार राति ११ बजे उनीहरू दमामबाट नेपालका लागि उडेका हुन् ।

यसैगरी, यूएईबाट १४८ जना नेपाल फर्किएका छन् । यूएईबाट नेपाल फर्काइएका मध्ये ११ जना महिला तथा ४७ जना पुरुष छन् । यूएईको उडानमा गर्भवती महिलालाई प्राथमिकता दिइएको छ ।

यसअघि दूतावासले उपलब्ध गराएको नामवलीभन्दा फरक व्यक्तिहरूलाई लिएर एयर अरेबियाको जहाज नेपाल आएको थियो । त्यसैले प्राथमिकता सूचीका अगाडि रहेकाहरू पनि पहिलो उडानमा स्वदेश फर्किन पाएका थिएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>