प्रवास

साउदीबाट स्वदेश आइपुगे १५४ नेपाली

Banner

काठमाण्डौ,असार ५–

साउदीको दमामबाट १५४ जना नेपाली आज काठमाण्डौ आइपुगेका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको हो पहिलो उडान हो । साउदीको दमामबाट हिमालय एअरलान्सले दोस्रो उडान भोलि शनिबार भर्नेछ । या उडानमार्फत स्वदेश फिर्तीका लागि २२६ प्राथमिकतामा परेका छन् । यस्तै साउदीको रियादबाट नेपाल एअरलाइन्सले जुन २१ तारिखमा साउदीबाट उडान भर्नेछ ।

यो उडानमार्फत स्वदेश फिर्तीका लागि ४४५ जनाको नाम दूतावासले प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । साउदीमा समस्यामा परेका अन्य नेपालीको स्वदेश फिर्तीको लागि प्रक्रिया अघि बढेको पनि दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>