देश/प्रदेश

काठमाडौँ महानगरले साइकल किन्नेलाई अनुदान दिने

Banner

काठमाडौँ, असार ४

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७्\०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।

२ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ।

काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड(१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा उपत्यकाव्यापी रूपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ।

‘कोभिड(१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रूपमा सामान्यतर्फ उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन।’

बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटोभन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नीति तथा कार्यक्रममा कोभिड(१९ का कारणले संक्रमणको जोखिम नबढोस् भनेर महानगरवासीलाई साइकल चढ्न प्रोत्साहन गर्ने भएको छ।

‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएको हुँदा महानगरवासीलाई साइकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ। महानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई साइकल खरिदमा अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,‘महानगरको आफ्नै स्वामित्वमा रहेको जग्गा (धर्मपथ, टेकु) तथा लैनचौरमा रहेको सार्वजनिक जग्गामा आधुनिक भर्टिकल पार्किङ भवन निर्माण कार्य यसै वर्ष सुरू गरिनेछ। महानगरले हाल लागु गरेको स्मार्ट पार्किङलाई थप क्षेत्रमा समेत विस्तार गरिनेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>