देश/प्रदेश

प्रधानमन्त्रीकी निजी चिकित्सक शाहलाई डिन नियुक्त गरेको भन्दै तालाबन्दी

Banner

काठमाडौँ, असार ४-

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा विधि र प्रक्रिया मिचेर प्रा.डा. दिव्यासिंह शाहलाई नियुक्त गरेको दाबीसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले डिनको कार्यालयमा तालाबन्दी गरेको छ। डा. शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक पनि हुन्।

बिहीबार बिहान १० बजेतिर डिनको कार्यालयमा तालाबन्दी गरिएको युनियनका अध्यक्ष विनय पंज्ञानीले जानकारी दिए। ‘थप संघर्षका कार्यक्रम तय गर्न अहिले हामी बैठक बस्ने तयारी गरिरहेका छौं,’ नागरिकसँग उनले भने।

स्वास्थ्य क्षेत्र सुधारका लागि डा. गोविन्द केसीले संघर्ष गरिरहेको सन्दर्भमा योग्यता र वरिष्ठताका आधारमा नभई राजनीतिक भागबन्डाका आधारमा डिन नियुक्त गरिएको युनियनको आरोप छ।

यस्तो बेथिति आफूहरूलाई अस्वीकार्य भएकाले आन्दोलनमा उत्रिन बाध्य भएको अध्यक्ष पंज्ञानली बताए। डा.केसीको सत्याग्रहमा सहभागिता र ऐक्यबद्धता जनाउने व्यक्तिहरूले अहिले नेताका टीका लगाएर डिन बन्ने प्रवृत्ति अँगालेर दोहोरो चरित्र देखाएकाले डिनको कार्यालयमा ताला लगाउन बाध्य भएको युनियनले जनाएको छ।

युनियनको आन्दोलनमा आइओएमका प्राध्यापक, कर्मचारी संगठन, नेपाल विद्यार्थी संघलगायतको समर्थन रहेको अध्यक्ष पंज्ञानीले बताए। उनीहरूबाट केहीबेरमा विज्ञिप्ति आउने उनले नागरिकलाई जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>