देश/प्रदेश

पिसीआर परीक्षणमा समय लाग्ने भएपछि उद्धार उडानको तालिका बदलियो

Banner

काठमाडौं, असार ३-

पीसीआर परिक्षणमा समय लाग्ने भएपछि नेपाल वायुसेवा निगमले उद्धार उडान तालिका हेरफेर गरेको छ।

उडानमा सहभागी नेपालीका लागि सरकारले पीसीआर परीक्षण प्रमाणपत्र अनिवार्य लागू गरेपछि तोकिएको समयको उडान स्थगित गर्नुपरेको निगमले जनाएको छ।

‘उद्धार उडानबाट नेपाल आउने नेपालीहरूले अनिवार्य रूपमा बुझाउनुपर्ने भनिएको पीसीआर रिपोर्ट समयमा आउन नसक्नुका साथै टिकेटिङमा पनि बिलम्ब हुँदा विभिन्न मुलुकमा रहेका नेपाली दूतावासको अनुरोधमा नयाँ तालिका सार्वजनिक गरिएको हो’, निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार नेवानिलाई उडान तालिका नयाँ लागू गर्न निर्देशन दिएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन। ‘हामीलाई मन्त्रालयले हिजो नयाँ उडान तालिका दिएको छ। समयसँगैको तालिका बनाउने प्रक्रियामा छौं,’खड्काले भनिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>