Breaking News

नवलपुरमा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टी, हुप्सेकोटको मात्रै १४ जना

०
Banner

ज्ञानु पंगेनी

नवलपुर, असार ३–

नवलपुरमा आज (बुधबार) एकै दिन थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ । हुप्सेकोट गाउँपालिकामा मात्रै आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश कार्यालयद्धारा जारी विज्ञप्तीमा हुप्सेकोट गाउँपालिकामा १८ देखि ३६ वर्ष उमेर समूहका १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै मध्यविन्दु नगरपालिकामा १६ र ३० वर्षका पुरुषमा संक्रमण पुष्टिभएको छ भने पालिका नखुलेको २७ वर्षका एक जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय जानकारी दिएको छ ।

संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बसेको जनाईएको छ । संक्रमित सबैलाई रजहरस्थित कोरोना अस्थाई अस्पतालमा लैजाने तयारी भएको छ ।

पोखरामा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । योसँगै जिल्लामा कोरोना सक्रमितको सख्या ६६ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>